रुकुम पश्चिममा सव–स्टेशन संचालन
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
170 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ धैरेनीचौरमा निर्माण गरिएको सव स्टेशनबाट बिद्युत वितरण सुरु गरिएको छ । जिल्लामा बिद्युत वितरणलाई प्रभावकारी बनाउने र फुल भोल्टेजको बिद्युत वितरण गर्ने उद्ेश्यले जिल्लामै ४ वर्ष अगाडि सव स्टेशन निर्माणको काम सुरु भएको थियो ।

सव स्टेशनको निर्माण तथा आवश्यक उपकरण जडान गरेर बिद्युत परीक्षण सफल भएपछि आईतबार देखि सव–स्टेशन संचालनमा आएको बत्ताएका छ । सव स्टेशनमा रहेका ट्रान्सफर्मर चार्ज भएपछि बिद्युत वितरण सुरु गरिएको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।

सव स्टेशनबाट ११ केभि बिद्युत वितरण भइरहेको छ । यसअघि सल्यानको शितलपाटीमा रहेको शव स्टेशनबाट लामो दुरी पार गरेर जिल्ला आईपुगेको ११ केभि बिद्युत वितरण भइरहेको थियो । भोल्टेज कम हुनु तथा अनियमित भइरहने समस्याबाट उपभोक्ताहरु आजित थिए ।

तर अव भने उक्त समस्या हल हुने विश्वास वितरण केन्द्र प्रमुख भट्टराईको छ । अहिले उपभोक्ताको घर घरमा स्ट्याण्डर्स अनुसार २ सय २० भोल्ट बिद्युत पुगिरहेको उहाँले बताउनुभयो । यसअभि भने उपभोक्ताकोमा १ सय ७० भोल्ट मात्र बिद्युत पुग्ने गरेको थियो । अव भोल्टेजको समस्या नहुने भट्टराईको भनाई छ ।

सब स्टेशनमा हाल ३३ केभि क्षमताको बिद्युत आईरहेको छ । भने सव स्टेशनबाट ११ केभि बिद्युत वितरण भइरहेको छ । हाल जिल्लामा नेपाल बिद्युत प्राधिकरणका १५ हजार उपभोक्ताहरु छन् । सबै स्थानीय तहमा केन्द्रीय प्रशारण लाईनले छोएको छ । तर सबैभन्दा कम बिद्युतिकरण आठबीसकोट नगरपालिकामा छ ।

बिद्युत नपुगेको तथा स्थानीय लघु जलविद्युत मार्फत सेवा लिईरहेका ठाउँमा पनि केन्द्रीय प्रशारण लाईन विस्तार भइरहेको नेपाल बिद्युत प्रधिकरणका रुकुम पश्चिम वितरण केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । सव स्टेशन संचालनमा आएपछि जिल्लामा थप विद्युत विस्तारका लागि समेत सहज हुने उहाँले बताउनुभयो ।।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News