चाैरजहारीमा सांग्रीला विकास वैंकको शाखा स्थापना
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
311 Views

प्रेसपालिका संवाददाता : रुकुम पश्चिमको चौरजहारीमा आज एक औपचारिक कार्यक्रमका विच सांग्रीला विकास वैंकको शाखा कार्यालय स्थापना गरिएको छ ।
नगरपालिकाको वडा नम्वर २ त्रिवेणी वजार स्थित सिदार्थ होटेल संगैको घरमा वैंकको शाखा कार्यलय स्थापना गरिएको हो ।
नेपाल सरकार वाट क वर्गको ईजाजत प्राप्त वैंकको चौरजहारीमा स्थापना गरेको यो १०८ औं शाखा भएको कर्मचारी दिपक वुढाथोकीले जानकारी दिनुभयो । चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले रिवन काटेर वैंकको औपचारिक रुपमा उदघाटन गर्नुभएको थियो ।

वैंकका क्षेत्रीय प्रवन्धक जयन्द्र वहादुर खडकाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा चौरजहारी नगरपालिका भित्र रहेका वैंक, वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

वैंकले नीतिगत लगानी विपन्न वर्ग कर्जा,आवास कर्जा,व्यवसाय कर्जा, सरल कर्जा, व्यक्तिगत कर्जा, मुद्धती निक्षेप, वचत खाता मुद्धती खाता क्रमिक खाता मोवाईल वैंकिगं डिम्याट, एटिएम ईन्टरनेट वैंकिगं, क्युआर कोर्ड लगाएत सेवा संचालन हुने वताईएको छ ।
शाखा उदघाटन भए संगैं वैकले खाता संचालन तथा नियमित रुपमा आर्थिक कारोवार गतिविधिको सुरुवात गरेको चौरजहारी शाखा प्रवन्धक विशाल महर्जनले वताउनुभयो ।

वैंकले नीतिगत लगानी विपन्न वर्ग कर्जा,आवास कर्जा,व्यवसाय कर्जा, सरल कर्जा, व्यक्तिगत कर्जा, मुद्धती निक्षेप, वचत खाता मुद्धती खाता क्रमिक खाता मोवाईल वैंकिगं डिम्याट, एटिएम ईन्टरनेट वैंकिगं, क्युआर कोर्ड लगाएत सेवा संचालन हुने वताईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |