चाैरजहारी ८ तल्ली बसाइदेखि कलधारासम्मको सडक निर्माण
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
429 Views

ध्रुवप्रसाद आचार्य /चाैरजहारी रुकुम पश्चिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा नयाँ सडक निर्माण भएको छ । तल्ली बसाइदेखि माथिल्ली बसाई हुँदै कलधारा सम्मको सडक निर्माण भएको हो । चौरजहारी नगरपालिकाको १२ लाख लगानीमा ३ किलोमिटर सडक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष विरे बुढाले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेटबाट निर्माण गरिएको सडकले बसिगाउँ टोललाई सजिलो भएको छ । सडक निर्माण भएपछि दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानीका साथै गाउँमा उत्पादित विभिन्न कृषि उपज बजार पुर्‍याउन सहज भएको स्थानीय केशर आचार्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News