चाैरजहारी ८ मा सिचाईका लागि ट्याङ्की निर्माण
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
355 Views

विनिता समाल/चाैरजाहरी रकुम पश्चिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ बडाखोलामा ८ सय घनलिटरको पानी ट्याङ्की निर्माण गरिएको छ । बडाखोलाको माथिल्लो टोलमा सिचाई सुविधा पुर्याउनाकाे लागि ट्याङ्की निर्माण गरिएको हो । चौरजहारी नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३० लाख बजेटबाट उक्त ट्याङ्ककी निर्माण गरिएको हो । निर्माण समितिका अध्यक्ष हरिबहादुर विकका अनुसार ३५ घरपरिवारको खेतबारीमा सिचाई गर्न ट्याङ्की बनाइएको हो । त्यस ठाउँमा रहेको पूरानो ट्याङ्कीकले सबैलाई सिचाई सुविधा पु¥याउन नसकेपछि नयाँ ट्याङ्की बनाएर सिचाई सुविधा प्रदान गरिएको अध्यक्ष विकले बताउनुभयो । उक्त ट्याङ्कीमा स्थानीय गेरखोला मुहानको पानी हालिएको छ । सिचाईका लागि ट्याङ्की निर्माण भएपछि स्थानीय खुसी भएका छन् । तर ट्याङ्कीले जोखिम बढाएको भन्दै स्थानीय चिन्तित बनेका छन् । ट्याङ्कीमा मान्छे खस्न सक्ने भन्दै त्यसको संरक्षणका लागि अनुरोध गरिएको स्थानीय इन्द्र समालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News