प्राङ्गारिक उत्पादनमा जोड दिदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
64x64
२०७८ फाल्गुण ०१ आइतबार प्रेसपालिका संवाददाता
285 Views

प्रेपालिका संवाददाता : रुकुम पश्चिम को चौरजहारी नगरपालिका ३ मा प्राङगारीक मल,जैविक बिषादी तथा झोल मल बनाऊने तालिम सम्पन्न भयको छ ।
रासायनिक युक्त मल तथा बिषादिलाई कम गर्दै प्राङ्गारिक उत्पादन तर्फ लैजाने उद्देश्य ले तालिमको आयोजना गरिएको प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानका प्रमुख नबराज श्रेष्ठ ले जानकारी दिनुभयो ।
रासायनिक पदार्थको प्रयोगबाट बिग्रिरहेको जमिन लाई रोक्ने र सुधार गर्न कार्यक्रम को आयोजना गरियको हो ।
यो कार्यक्रम परिक्षण कै क्रममा रहेको र सफल भएमा अर्को बर्ष बिशेष जोड का साथ अगाडि बढाऊने सोच रहेको प्रमुख श्रेष्ठले बत्ताऊनु भयो ।

तालिममा कृषकलाई प्रयोगात्मक तालिम दिनुका साथै आवश्यक सामाग्री बितरण गरिएको थियो ।
ऊक्त तालिम बाट तरकारी बीऊ ऊत्पादन कृर्षक समुह चौरजहारी नगरपालिका ३ का ३० जना व्यवसायिक कृर्षक लाभान्वित भयका छन ।
तालिमको सहजीकरण परियोजना कार्यान्वयन एकाई का प्राविधिक र रामपुर बिश्व बिद्यालयबाट कृषि ईन्टनशिपका लागि आएका विद्यार्थि हरुले गरेको परियोजना कार्यान्वयन एकाई का नायब प्राविधिक सहायक हरि कुमार थापाले जानकारी दिनुभयो ।। तालिम प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यान, प्राविधिक एकाई जोन रुकुम पश्चिम को आयोजनामा सम्पन्न भयको हो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News