चौरजहारी नगरपालिका १० मा घुम्ति बाली उपचार शिविर सम्पन्न ।।
64x64
२०७८ माघ २९ शनिबार प्रेसपालिका संवाददाता
548 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १० मा घुम्ति बाली उपचार शिविर सम्पन्न भएको छ । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई सल्यान,प्राविधिक इकाई जोन रुकुम पश्चिमको आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा कृषकलाई बिषदि वितरण गर्नुका साथै बिषादि सम्बन्धि जानकारी प्रयोग र असरको बारेमा जानकारी दिएको छ ।

चौरजहारी नगर पालिका कृषि शाखा बाली संरक्षण प्राविधिक सहायक प्रकाश डाँगिले रोग तथा किरा सम्बन्धि जानकारी तथा बिषादि सिफारिस गर्नु भएको बत्ताएको छ । शिविरमा ५० जना कृषकलाई बिषादि वितरण गरिएको प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई सल्यान,प्राविधिक इकाई जोन रुकुम पश्चिम नायब प्राविधिक सहायक हरि कुमार थापा ले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News