
रमिता खड्का :
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ५ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल चौरजहारी समितिको आयोजना र चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन कर्णाली प्रदेश पुर्ब आर्थिक तथा याेजना मन्त्री गाेपाल शर्माले(अनल) ले गर्नुभएको छ । आजबाट सुरु भएको तालिम ५ दिन सम्म संचालन हुने छ । तालिममा प्रत्यक वडाबाट गरि जम्मा ३५ जनाको सहभागिता रहेकाे छ भने एक वडा एक पत्रकार उत्पादन गर्ना काे लागि तालिम सञ्चालन भएकाे प्रेस सेन्टर चाैरजहारी अध्यक्ष तिलक ओलीले जनकारी दिनु भएकाे छ ।तालिममा राष्ट्रिय सञ्चार माध्याम र जिल्लामा रहेका बिभिन्न सञ्चारमाध्याममा काम गर्ने पत्रकार, संञ्चारकर्मीहरुले आधारभुत पत्रकारिताको विषयमा प्रशिक्षार्थिलाई सिकाउने छन् ।
प्रेस सेन्टर नेपाल नगर समितिका अध्यक्ष तिलक ओलीको अध्यक्षतामा उद्घाटन भएको तालिममा कर्णाली प्रदेश पुर्ब आर्थिक तथा याेजना मन्त्री गाेपाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशिस्ट आतिथ्यता चाैरजहारी नगर प्रमुख विशाल शर्मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष श्रीकृष्ण शर्मा,माओबादी चाैरजहारी नगर उपाध्यक्षा खुम ब खड्का,प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति अध्यक्ष हरी गौतम, नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष गोपाल रेग्मी लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन प्रेस सेन्टर नेपाल रुकुमका काेषाध्यक्ष सन्देश जैसिले गर्नु भएकाे थियाे ।।
