संवाददाता : रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा कृषि क्षेत्र विकास कार्यक्रम (ASDP)को पालिका स्तरीय प्रगति समिक्षा तथा योजना तर्जुमा र सरोकारवालासँग अनुगमन, मुल्याङ्कन तथा ब्यबस्थापन सुचना प्रणाली सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई सल्यानको आयोजना र मुसिकोट नगरपालिकाको सह आयोजनामा कृषि क्षेत्र विकास कार्यक्रम (ASDP)को पालिका स्तरीय प्रगति समिक्षा तथा योजना तर्जुमा र सरोकारवालासँग अनुगमन, मुल्याङ्कन तथा ब्यबस्थापन सुचना प्रणाली सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कृषि क्षेत्र विकास कार्यक्रम अन्तरगत नगरपालिकामा भए–गरेका गतिबीधिहरुको समिक्षा गर्दै आगामी दिनमा कार्यक्रमलाई थप ब्यबस्थीत र प्रभावकारी तरिकाबाट सञ्चालन गर्न कार्ययोजना निर्माण गर्ने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको बताइएको छ । यहि माघ २७ गते बिहीबार सम्पन्न गोष्ठीमा आर्थिक बर्ष २०७७।०७८ को बार्षिक समिक्षा र आर्थिक बर्ष २०७८।०७९ का लागि कार्ययोजना तयार गरिएको छ । त्यसै गरि गोष्ठीमा कार्यक्रमको अनुगमन, मुल्याङ्कन तथा ब्यबस्थापन सुचना प्रणाली सम्बन्धी जानकारी गराउनुका साथै सरोकारवालासँग अन्तरक्रिया गरिएको कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई सल्यानका फिल्ड कृषि अधिकृत श्रीकृष्ण गौतमले जानकारी दिनुभयो । कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई सल्यानका इकाई प्रमुख प्रकाश पौडेलको स्वागत तथा सहजीकरणमा सम्पन्न कार्यक्रमको सञ्चालन अनुगमन तथा ज्ञान ब्यबस्थापन अधिकृत शिला अधिकारी देवकोटाले गर्नु भएको थियो । नगर प्रमुख देबीलाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, नगरपालिका अन्तरगत कार्यक्रम सञ्चालनमा रहेका वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र बिषयगत शाखा प्रमुखहरु, कृषि विकास समितिका सदस्यहरु र कषि समुह तथा सहकारी संस्थाका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।