प्रेसपालिका संवाददाता :
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले पशुमा लाग्ने पिपिआर महामारी नियन्त्रणको लागि खोप शिबिर संचालन गर्ने भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोग तथा मुसीकोट नगरपालिका पशु सेवा शाखाको आर्थिक तथा प्राबिधिक सहयोगमा नगरपालिकाका १४ वटै वडामा खोप शिबिर संचालन हुने भएको हो ।
जस अनुसार शिबिर संचालनको लागि बिभिन्न स्थान तोकिएको छ । वडा नं. १ को काडेदह, सल्ले, छिङछरीखोला, कैलेदेउमा फागुन २ गते, वडा नं. २ को गाउँबारी, पशुपति मावि नजिकै र सिस्नेखोलामा २ गते खोप शिबिर संचालन हुनेछ ।
त्यस्तै वडा नं. ३ को धैरेनीचौर, माछमी, छेरा महिला भवनमा २ गते, वडा नं. ४ को बैरागीठाटी, ठाराढुङ्गा, जुगेनाबगर र वडा कार्यालयमा ३ गते, वडा नं. ५ मा थर्पु, डाङ्डुङ्गे, पधेरा, पशु सेवा शाखामा ३ गते, वडा नं. ६ को जोगचौर, काम्ले बसन्तचोक, भण्डारीकाडा, बैशपानी र झुलखेतमा फागुन ४ गते खोप शिबिर संचालन हुने छ ।
त्यस्तै वडा नं. ७ को शाखदह, चापबोट, लाङ्सिबाङ, ग्यामखोलामा ४ गते, वडा नं. ८ को घोरखानीखोला, किटिनी, लसुनबारी, छेलाबाङ्, घट्टेखोलामा ४ गते, वडा नं. ९ को चौखावाङ, होलतारा, हिल, लिङ्गुरमा १० गते, वडा नं. १० को डेलडाडा, गलम्पिाटी, वडा कार्यालय, खर्सुपानीमा ५ गते, वडा नं. ११ को लहु, स्याउलीवजार, भलाक्चा, स्याबाङमा ६ गते खोप शिबिर संचालन हुने छ ।
त्यस्तै वडा नं. १२ को जुम्लाबाङ्, नयाँगाउँ, वडा कार्यालय, खारकोट र जमारु सामुदायक भवनमा ६ गते, वडा नं. १३ को डाडा छिवाङ, सादनचौर, हाईबाङ, काउलेचौरमा ८ गते र वडा नं. १४ को छिबाङखोला, सतिपोले, लोरीबाङ र छिवाङजिउलामा ८ गते पिपिआर बिरुद्धको खोप बिशिर संचालन हुने पशु सेवा शाखा मुसीकोट नगरपालिकाका पशु सेवा प्राविधिक शिवराज महताराले जानकारी दिनुभयो ।
वडाका बिभिन्न पायक पर्ने ठाउँमा आफ्ना भेडा बाख्रा लिएर पिपिआर बिरुद्धको खोप लगाउन सम्पुर्ण कृषकहरुलाई पशु सेवा कार्यालयले आग्रह गरेको छ ।।