नेपाल पत्रकार महासंघ रुकुमको भवन सञ्चालनमा ल्याईने ।
64x64
२०७८ माघ २७ बिहिबार प्रेसपालिका संवाददाता
93 Views

संवाददाता :
नेपाल पत्रकार महासंघ रुकुम जिल्ला शाखाको चौथो बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले पत्रकार महासंघको भवन व्यवस्थापन गर्ने भएको छ । निर्माण भएको लामो समय सम्म पनि प्रयोग विहिन रहेको भवन प्रयोग र व्यवस्थापनको लागि पुर्व पदाअधिकारी, बिभिन्न पेशागत संघ–संगठनहरुको प्रमुखहरुसंग छलफल गरि भवन व्यवस्थापनको काम हुने भएको हो ।

भवन निर्माण भए पनि प्रयोग नहुदा जिर्न भन्दै गएकाले भवन प्रयोगका लागि छलफल चलाउने निर्णय गरेको हो । त्यस्तै बैठकले पत्रकार अक्षयकोष नियमावली–२०७८ पारित गरेको छ । कार्य समितिले एक वर्षमा गरेका गतिबिधिको समिक्षा पनि बैठकले गरेको छ ।

त्यस्तै जिल्लामा क्रियाशिल पत्रकारहरुको क्षेमता अभिवृतिको लागि जिल्ला स्थारिय तालिम संचालन गर्ने, आठविसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पुर्व कर्मचारीले लामो समय सम्म तलव नपाएकाले रेडियो संचालन समितिलाई तलव दिन अनुरोध गरिएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News