प्रेसपालिक संवाददाता
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा निर्माण गरिएको बिद्युत सव स्टेशन परीक्षण सुरु भएको छ । आजबाट तीन दिनसम्म सव स्टेशनको परीक्षण हुने नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिमका प्रमुख त्रिलोचन भट्राईले जानकारी दिनुभयो ।
परीक्षणका लागि तीन ठाउँमा टोली परिचालन गरिएको उहाँले बताउनुभयो । परीक्षणका बेलामा समस्या आएमा त्यसको समाधानका लागि सव स्टेशनमा एउटा, झुल्नेटामा एउटा र सल्यानमा एउटा टोली खटाईएको उहाँले जानकारी दिनुभयो ।
परीक्षण सफल भएमा सव स्टेशन संचालनमा आउने उहाँले बताउनुभयो । ‘आजबाट सव स्टेशन परीक्षण सुरु भएको छ, तीन दिनसम्म परीक्षण हुन्छ, परीक्षण सफल भयो भने सव स्टेशन संचालनमा आउँछ, उहाँले भन्नुभयो ।’ सव स्टेशन संचालनमा आए जिल्लाको बिद्युत वितरण गुणस्तरमा सुधार आउने उहाँको भनाई छ ।
करिब साढे ८ करोडको लगानीमा धैरेनीचौरमा ३ एम.भि.ए.(३३÷११ के.भि) क्षमताको सव स्टेशन निर्माण गरिएको छ । उक्त सव स्टेशनमा अव सल्यान हुँदै ३३ केभि क्षमताको प्रसारण लाईन आउने प्रमुख भट्राईले बताउनुभयो । उहाँका अनुसार त्यसपछि सव स्टेशनबाट ११ केभिको लाईन वितरण हुने छ ।
अहिले सल्यानको शितलपाटी सव स्टेशनबाट जिल्लामा ११ केभिको लाईन आईरहेको छ । लामो दुरीमा बिद्युत आयात गर्नुपर्दा भरपर्दो सेवा उपभोक्ताहरुले नगसकेको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । जिल्लामा जाजरकोटमा रहेको सव स्टेशनबाट पनि बिद्युत आपुर्ति भइरहेको छ
