शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निर्माण कार्य सम्पंन भएकोे ४ दिन नवित्दै दुई तले घर भत्किएको छ ।
चौरजहारी नगरपालिका ९ निवासी प्रेम पकाश मल्लको दुई तले घर भत्किएको हो । निर्माण गरिएको उक्त घरमा बस्ने भनेको समयमा घर पुर्ण रुपमा क्षेति भएपछि ७ जनाको परिवार पुरानै जिर्ण अवस्थाको घरमा वस्न व्याध्य भएका छन ।
केही रकम आफ्नो केहि रकम क्रण गरी निर्माण गरेको घर एक्कासी ४ दिन नवित्दै भत्किँदा आफ्नो सबै लगानी माटोमा मिसिएको पिडित मल्लले गुनासो गर्नुभयो ।
। पिडित परिवारले छिटै राहत उपलब्ध गराईदिन स्थानिय सरकार संग माग गरेका छन । उक्त घर निमार्ण गर्दा करीब ८ लाख लागत लागेको मल्लले जानकारी दिनुभयो ।