आठबीसकोटमा फागुन २ गतेबाट बिद्यालय खुल्ने
64x64
२०७८ माघ २५ मंगलबार प्रेसपालिका संवाददाता
181 Views

प्रेसपालिका संवाददाता :
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा कोरोना संक्रमणका कारण बन्द भएका बिद्यालय फागुन २ गतेबाट बिद्यार्थीको भौतिक उपस्थितिमा बिद्यालय खुल्ने भएका छन् ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाले सबै बिद्यालयहरुलाई पत्र पठाउँदै बिद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा पठन पाठन सुचारु गर्न भनेको छ । शाखाले स्वास्थ्य सम्बन्धिका सम्पूर्ण मापदण्डहरुको पालना गरेर बिद्यालय खोल्न निर्देशन दिएको हो ।

शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले नगरभरमा रहेका सबै बिद्यालयलाई पत्र पठाउँदै रोकिएको पठन पाठन सुचारु गर्न भन्नुभएको छ । कोरोना संक्रमण बढेपछि संघीय सरकारको निर्देशन अनुसार नगरपालिकाका बिद्यालयहरु पनि पुष अन्तिम देखि बन्द भएका थिए ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |