मुसिकाेट वडा नम्बर ९ मा सचेतनामुलक कार्यक्रम सम्पन्न
64x64
२०७८ माघ २५ मंगलबार प्रेसपालिका संवाददाता
150 Views

प्रेसपालिका संवाददाता :
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय होल्तारामा लैंगिक हिंसा न्यूनिकरण तथा न्यायिक समितिको अधिकार सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

वडाका ३५ जना महिलाहरु सहभागी रहेको कार्यक्रमको सहजिकरण कानुन अधिकृत ललित बुढा र वडा अध्यक्ष नवीन ओलीले गर्नुभएको थियो । कार्यक्रमको संचालन वडा सचिव पत्रबहादुर खड्काले गर्नु भएको थियो ।

कार्यक्रमका सहभागिहरुलाई लैंगिक हिंसा र न्याय प्राप्तिका लागि गर्नुपर्ने प्रयासका बारेमा जानकारी गराईएको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News