रेडियो मौराखारा एफ .एम तेस्रो वर्षमा प्रवेश ।
64x64
२०७८ माघ २५ मंगलबार प्रेसपालिका संवाददाता
248 Views

प्रेसपालिका संवाददाता : रुकम पश्चिम सानीभेरी गाउँपालिकाको सिम्लीबाट प्रशारित रेडियो मौराखारा एफ एम आज देखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

सानीभेरी सामुदायिक विकास केन्द्रद्वारा संचालित रेडियो मौराखारा एफ.एम. १०६.५ मेगाहर्जले २०७६ माघ २५ गते आफ्नो प्रसारण यात्रा प्रारम्भ गरेको छ त्यस्तै आज २ वर्षका यात्रा सफलतापूर्वक अगाडि बढाइरहेको छ ।रेडियो मौराखारा एफ .एम तेस्रो वर्षमा प्रवेश । - प्रेस पालिका

२०७६ माघ २५ गते प्रसारणमा आई २०७६ फाल्गुन २ गते प्रतिनिधि सभाका सांसद तथा वर्तमान संघिय सरकारका अर्थ मन्त्री जनार्दन शर्माले विधिवत रुपमा उद्घाटन गर्नुभएको थियो । २ वर्षका यात्रामा रेडियो मौराखाराले सूचना¸ मनोरञ्जन र विकासका लागि थुप्रै कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।

रेडियो मौराखारा एफ एम को दोस्रो वार्षिक उत्सबका अवसरमा रेडियोका स्टेशन प्रमुख नारायण ओली द्वारा एक प्रेस विज्ञप्ती तथा शुभकामना सन्देश जारी गरिएको छ ।कोभिडको तेस्रो भेरिएन्ट तथा अन्य कारणले रेडियोले वार्षिक उत्सबका अवसरमा प्रत्येक्ष कुनै कार्यक्रमको आयोजना भने गरिएको छैन ।  शुभकामना सन्देशमा रेडियोले खेलेको भूमिका तथा रेडियोलाई प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यबाद सहितको शुभकामना व्यक्त गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News