प्रेसपालिका संवाददाता : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर कोरोना बिरुद्धको खोप लगाउने सुरु गरेको छ ।
आज घरमै पुगेर नगरपालिकाको २ र ३ नम्बर वडाका ३ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको छ । वडा नम्वर २ का एक जना र वडा नम्वर ३ का दुई जनालाई घरमै गएर खोप लगाएको वडा नम्वर ३ का वडा अध्यक्ष भिमबहादुर खड्काले जानकारी दिनुभयो ।
२ नम्वर वडाका हरिकाजि खड्का र ३ नम्वर वडाका रामबहादुर खड्का र सुमन शर्मालाई घरमै गएर कोराना बिरुद्धको खोप लगाईएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर केसी लगायतको स्वास्थ्यकर्मीको टोली घरमै पुगेर खोप लगाउने काम गरेको हो ।
नगरपालिकाले सूचना पाएसम्म र खोप केन्द्रसम्म आउन नसक्ने १४ ओटै वडाका अपांगता भएका व्यक्तिहरु लाई घरमै गएर खोप लगाईने केसी ले जानकारी दिनुभयो ।
खोप लगाऊन बाट बच्चित भएका नगरका अपागता भयका व्यक्तिहरुलाई घरमै पुगेर खोप लगाऊन थालिएको हो ।।