विभेद अन्त्यका लागि व्यक्तिको सोच परिवर्तन आवश्यक’
64x64
२०७८ माघ २४ सोमबार प्रेसपालिका संवाददाता
174 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको खलंगामा आयोजित जातीय भेदभाव तथा छुुवाछुत विद्धको ऐन कार्यान्वयनको अबस्था विषयक अन्तरक्रिया कार्यक्रमका हभागीहरुले जात तथा लिंगका आधारमा हुने सबै खाले विभेद अन्त्यका लागि सबैभन्दा पहिले व्यक्तिको साँेच परिवर्तन हुन आश्यक रहेको बताएका छन् । यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन र मान्छेमा जागरण ल्याउनुपर्नेमा उनिहरुको जोड छ ।

छुवाछुत तथा बिभेद जस्ता समस्याहरु समाजमा जडको रुपमा रहेका र जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध प्रशस्त कानून निर्माण गरिएपनि कार्यान्वयनको पाटो फितलो हुँदा अझै पनि कुनै न कुनै रुपमा भेदवाभ भैरहेको उनिहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उप प्रमुख इन्दीरा बि.एम.ले जिल्लामा बर्ग र सामाजिक विभेद कायमै रहे पनि जातीय विभेद भने कम हुँदै गएको बताउनुभयो । परिवर्तनको सुरुवात भएको रुकुममा यस्ता विभेद अझै कायम रहनु दुःखद रहेको भन्दै अब यस्ता विभेद न्युनिकरणका लागी राजनितिक दल र स्थानीय सरकारले नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो ।

समता फाउन्डेशन ललितपुरको आयोजना र रुकुमेली समाज विकास केन्द्रको समन्वयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख बि.एम. सहित मुसीकोट नगरपालिकाकी उप प्रमुख प्रेमकुमारी सुनार, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक धु्रवकुमार श्रेष्ठ लगायत अधिकारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |