प्रेसपालिका संवाददाता हुम्ला हिउँमा फसेकाहरूलाई उद्धार गर्न कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको छ । तीन दिनदेखिको हिमपातले जुम्लाको गाग्रा लेकको विभिन्न ठाउँमा फसेका ५५ जनाको उद्धारका लागि आवश्यक राहत सामग्रीसहित नेपाली सेनाका हेलिकप्टर पठाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राजबहादुर रोकायाले बताए । जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पुगेर हिउँमा फसेकालाई उद्धार गर्न गएको हेलिकप्टर पाटनमा ५ फिटभन्दा बढी हिउँ जमेकाले अवतरण गर्न नसक्ने भएपछि तत्कालका लागि माथिबाटै खानेकुरा मात्र खसालेर फर्किएको र फसेका सबै सुरक्षित रहेका जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंले बताइन्
जुम्लाको तातोपानी गाउँपालिका-८ टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्ला र ध्वनि ठाउँमा जडिबुटी संकलन गर्न गएका स्थानीयहरु हिउँमा फसेको खबर आएलगत्तै प्रदेश सरकारले राहत सामग्रीसहित उद्धारका लागि हेलिकप्टर पठाएको हो ।