प्युठानमा दुलही लिएर फर्कँदै गरेको जीप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच जना घाइते
64x64
२०७८ माघ २२ शनिबार प्रेसपालिका संवाददाता
252 Views

माघ २३ संवाददाता : प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् ।

दुर्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् । दुर्घटनामा परी घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |