माघ२१प्रेसपालिका संवाददाता : मौसममा आएको बदली संगै उच्च हिमाली तथा पहाडि क्षेत्रहरुमा हिमपात भएको छ । रुकुम पश्चिमका उच्च पहाडी लेकाली क्षेत्रहरुमा धेरै मात्र हिमपात भएको छ । रुकुम पश्चिम जिल्ला सदरमुकाम आसपासमै हिमपात भएको छ । मुसीकोटका केही भाग वारीपारीका लेक हिउँले सेताम्मे भएका छन् । छिमेकी त्रिवेणि गाउँपालिका र सानिभेरि गाउँपालिकाका लेकहरुमा हिमपात भएको छ । कृषकहरु भने खुसि भएका छन् आकाशे पानीकै भरमा खेतिपाती गर्ने ठाउँमा हिमपात र वर्षाले राहात भएको छ कृषकहरू बताउँछन् ।