मुसिकाेटमा सिलाई कटाई स्तरोन्नति सीप विकास तालिम सुरु
64x64
२०७८ माघ २० बिहिबार प्रेसपालिका संवाददाता
130 Views

प्रेसपालिका संवाददाता
रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा सिलाई कटाई सम्वन्धी स्तरोन्नति सीप विकास तालिम शुरु भएको छ । नगरपालिकाको आयोजनामा गरिबी निबारणका लागि लघु उद्मम विकास कार्यक्रम अन्तरगत ४५ दिने सिलाई कटाई सम्वन्धी स्तरोन्नति सीप विकास तालिम शुरु भएको हो । यहि माघ १८ गते मंगलबारदेखि मुसिकोट नगरपालिकाको वडा नम्बर १३, डाँडाछिबाङमा तालिम शुरु भएको नगरपालिकाका उद्यम विकास सहजकर्ता रोशन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा यस अघि आधारभूत सिलाई कटाई सम्वन्धि सीप विकास तालिम लिएका १९ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम आगामी चैत्र ३ गते सम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । तालिमको सहजीकरण तथा प्रशिक्षण नगरपालिका ३ की सिलाई कटाई सम्वन्धि प्रशिक्षक हिरा दमाईले गर्नु भएको छ । तालिमको ब्यबस्थापन नगरपालिकाका उद्यम विकास सहजकर्ता रोशन पुन र हुकुम बहादुर केसीले गर्नुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News