जिल्लाका सहकारी संस्थाका लागि मास्क बितरण
64x64
२०७८ माघ १९ बुधबार प्रेसपालिका संवाददाता
304 Views

प्रेस पालिका संवाददाता
रुकुम पुर्वमा युनाइटेड मिशन टु नेपाल रुकुमपूर्व कलस्टर (युएमएन)ले जिल्ला सहकारी संघ लिमिटेड, रुकुम पूर्वलाई २० हजार थान मास्क हस्तान्तरण गरेको छ । मंगलबार युएमएनले जिल्ला सहकारी संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई २० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको हो ।

सर्जिकल मास्क जिल्ला स्थित विभिन्न सहकारी संस्थालाई वितरण गर्ने जिल्ला सहकारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । आज देखि जिल्लामा रहेका सहकारी संस्थालाई वितरण सुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उपलब्ध भएको मास्क वितरणसँगै मास्क बैक स्थापना कार्यक्रम पनि सञ्चालन गरिराखे श्रेष्ठको भनाइ रहेको छ । रुक्मेनी बचत तथा ऋण सहकारी संस्था सिस्ने गाउँपालिका ६ लाई ४ हजार थान, स्वाबलम्बी कृषि सहकारी संस्था सिस्ने ३ लाई एक हजार थान, पाथिभरा कृषि सहकारी सिस्ने २ लाई १ हजार थान, उन्नतशिल कृषि सहकारी संस्था सिस्ने ८ लाई १ हजार थान मास्क हस्तान्तरण गरिएको हो ।

यसैगरी मारिङ बहुउद्देश्यीय सहकारी संस्था भूमेलाई ३ हजार ५ सय थान, चुनबाङ कृषि सहकारी संस्था भूमे ९ लाई एक हजार ५ सय, उत्तरगंगा साना किसान सहकारी संस्था पुथाउत्तरगंगा १२ लाई ३ हजार थान, नारासुगन कृषि सहकारी संस्था पुथाउत्तरगंगा १० लाई २ हजार थान, लोक सांस्कृतिक बचत तथा ऋण सहकारी संस्था उत्तरगंगा ५ लाई १ हजार ५ सय थान मास्क वितरण गरिएको जिल्ला सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |