त्रिवेणि वडा नम्बर ३ मा वडा भवन निमार्णको काम थालनि।
64x64
२०७८ माघ १९ बुधबार प्रेसपालिका संवाददाता
681 Views

गोपाल ओली
रुकुम पश्चिमको त्रिवेणि गाँउपालिका वडा नम्बर ३ ले आफ्नै वडा कार्यलय भवनको निमार्ण कार्य सुरु गरेको छ । लामो समय देखि बिद्यालयको जिर्ण भवनबाट दैनिक प्रसासनिक कार्यहरु संचालन गर्दै आएको वडा कार्यालयले आफ्नै भवन निर्माणको काम सुरु गरेको हो ।
भवन निर्माणको लागि मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १० लाख ७० हजार रकम खर्च हुन लागेको छ । भवन निर्माणको लागि मुख्यमन्त्री रोजगार कार्यक्रममा सुचिकृत कामदारले काम गरिरहेको वडा अध्यक्ष मोहोन ओलीले जानकारी दिनुभयो । उक्त रकमबाट ४ कोठे पक्कि भवन बन्ने छ ।
वडा कार्यालयको आफ्नै भवन नहुदा बिगत ५ वर्ष देखि बिद्यालयको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । यो आर्थिक वर्ष भित्रै भवन निर्माणले पुर्णता पाउने वडा अध्यक्ष ओलीको भनाई छ । अब आफ्नै भवन बनेपछि प्रसासनिक लगायत वडाका कार्यहरु गर्न सहज हुने वडा अध्यक्ष ओलीले जानकारी दिनुभयोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |