खिम बहादुर ओलि
१७,माघ,२०७८
सानिभेरि गाउँपालिका ९ सिम्लिमा सञ्चालित आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम सम्पन्न भएको छ । रेडियो मौराखाराको आयोजना र सानीभेरी गाँउपालिका रुकुम पश्चिमको आर्थिक सहयोगमा तालिमको सञ्चालन भएको हो । ५ दिन सम्म सञ्चालित तालिम उत्कृष्ट पत्रकार उत्पादन गर्ने र उत्पिडित बर्गका आवाज लाई माथि उठाउने उदेश्यले सन्चालन गरियको रेडियो मौराखाराका स्टेशन प्रमुख नारायण ओलीले जानकारी दिनुभयो ।
तालिममा सानिभेरी गाउपालिका का प्रत्येक वडाका पुरुष १२ जना र महिला २१ जना गरि जम्मा ३३ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेगराज खड्का, प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका अध्यक्ष हरि गौतम, रेडियो सानिभेरीका समाचार प्रमुख मनिष खड्का लगायतले गर्नुभएको थियो ।