बाटो खन्ने क्रममा झडप हुदा शिक्षक घाइते ।
64x64
२०७८ माघ १६ आइतबार प्रेसपालिका संवाददाता
174 Views

माघ १६ शक्ति बारघरी :
रुकुम पश्चिमको आठबिसकोटमा बाटो खन्ने बिषयलाई लिएर एकआपसमा झडप हुदा जनज्योति आधारभुक्त बिद्यालय डाफेमा कार्यरत एक शिक्षक घाइते भएका छ्न ।

वडा नम्बर ७ को डाफे गाउ देखी ज्यामिरे कालिका मन्दिर सम्म जाने कच्ची बाटो खन्ने क्रममा स्थानीय र बाटो समिती बिच झडप हुदा सोही बिद्यालयका शिक्षक धर्मराज नेपाली घाइते हुनु भएको हो ।

शिक्षक नेपालीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको इलका प्रहरी कार्यलय आठबिसकोटका प्रहरी निरीक्षक पर्शुराम चौधरीले जानकारी दिनु भयो

शिक्षक नेपालीको नाकमा गहिरो चोट लागेको र उहाको हिजो नै अपरेसन भएको प्रहरीले बताएको छ

प्रहरीका अनुसार कुटपिट गर्ने सोहि ठाउँका गोपाल बुढा र पुष्प बुढा फरार रहेका छ्न ।
फरार दुइजनाको खोजिकार्य भईरहेको प्रहरी निरीक्षक चौधरीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News