त्रिबेणिमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती वीर बहादुर डांगी अध्यक्ष ।
64x64
२०७८ माघ १६ आइतबार प्रेसपालिका संवाददाता
202 Views

माघ १६ कुबेर ओली :                                                        नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुकुम पश्चिम त्रिवेणि गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ३ खारानेटामा रहेको सभाहलमा भएको अधिवेशनले नयाँ गाउँपालिका समिति गठन गरेको छ । वीरबहादुर डाँगीको अध्यक्षता नयाँ त्रिबेणि गाउँपालिका समिति बनेको हो । जसको उपाध्यक्षमा ठानबहादुर ओली, सचिवमा पबित्रा खड्का, सह सचिवमा नवीन खड्का र कोषाध्यक्षमा रेशम ओली सर्वसम्मत चयन भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति त्रिबेणि जनाएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको आस्था र बिचारमा प्रतिबद्ध कर्मचारीहरु सहभागि प्रथम पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । यसअघि पनि डाँगी नै संगठनको त्रिबेणि गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । प्रभाबकारी जनसेवा र पेसागत अधिकार सुनिश्चिताको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन, शान्ति, सुशासन, आत्मनिर्भरता र राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारीको परिचालन भन्ने नाराका साथ शनिबार अधिवेशन भएको हो त्यहा बाट गाेपल ओली ले जानकारी दिनु भयाे  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News