त्रिवेणीमा नेपाल राष्ट्रीय कर्मचारी संगठन निजामती को प्रथम अधिबेशन उद्घाटन ।
64x64
२०७८ माघ १६ आइतबार प्रेसपालिका संवाददाता
179 Views

माघ १५ शनिबार : गोपाल ओली

रुकुम पश्चिम् को त्रिवेणी गाउँपालिका को नेपाल राष्ट्रीय कर्मचारी संगठन निजामती को प्रथम अधिबेशन उद्घाटन भएको छ। “प्रभाबकारी जनसेवा र पेसागत अधिकार सुनिश्चिता को लागि नेपाल राष्ट्रीय कर्मचारी सङ्गठन शान्ति,शुशासन,आत्मनिर्भरता र राष्ट्रीय समृद्धिको अभियान मा कर्मचारी को परिचालन”भन्ने मुल नाराका साथ माघ १५ गते त्रिबेनी गाउँपालिका ३ खारानेटा सभाहलमा उद्घाटन भएको हो । कार्यक्रमको अध्यक्षता अधिबेशन आयोजक समिति संयोजक वीर बहादुर डांगिले गरिरहनुभएको छ ।कार्यक्रम काे प्रमुख अतिथि नेपाल राष्ट्रीय कमर्चारि संगठन केन्द्रिय सचिव , एबम कर्णाली प्रदेश ईन्चार्ज  शेर बहादुर खड्का  बिशेष अथिति – नेकपा माओबादी केन्द्र प्रदेश कमिटि सदस्य – झक्कु प्रसाद धर्ति अन्य अथितिहरु नेकपा माओवादी केन्द्र केन्द्रिय सल्लाहकार परिषद सदस्य मिन बहादुर ओली ,नेकपा माओबादी केन्द्र प्रदेश कमिटि सदस्य मोहोन किसोर ओली नेकपा माओबादी केन्द्र  प्रदेश कमिटि सदस्य निर्मला बिष्ट खड्का लगायत को आथित्यता रहेको छ । नेपाल  राष्ट्रिय कर्मचारी संगठन ले पार्टिलाई गर्न सक्ने सहयोग अहोरात्र खटिएर गर्न सक्ने कुरा प्रमुख अथिती शेर बहादुर खड्का ले बताउनु भएको छ। नेपाल राष्ट्रीय कर्मचारी संगठन आस्था र बिचारमा प्रतिबद्ध र यस संगठन मा आवद्ध त्रिबेनी गाउँ पालिका अन्तर्गत विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारी,स्वास्थकर्मी स्थानीय निकायका कर्मचारी,प्राबिधिक सबैकोउल्लेख्य उपस्थिति रहेको छ । कोभिडको जोखिम कायमै रहेकोले कार्यक्रममा उपस्थित सबैले मास्क तथा सेनिटाइजर प्रयोग गरेको देखिन्थ्यो। अधिबेशन को बन्द सत्र चलिरहेको छ, आजै नया कार्यसमिति चयन गरेर अधिबेशन सम्पन्न गर्ने संयोजक डांगिले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News