रुकुम पश्चिममा प्रेस सेन्टरको १८ औं स्थापना दिवसमा मुसीकोटमा दीप प्रज्वलन
64x64
२०७८ माघ १५ शनिबार प्रेसपालिका संवाददाता
351 Views

शनिबार, माघ १५, २०७८: सम्पादक
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा रुकुम पश्चिमको मुसीकोट नगर समितिले दीप प्रज्वलन गरेको छ । दिवसको अवसरमा संगठनले आज बेलुका साढे ६ वजे सदरमुकाम खलंगाको कालिकास्थानमा दीप प्रज्वलन गरेको पेस सेन्टर मुसीकोट समितिका अध्यक्ष दिपेन्द्र महताराले जानकारी दिनुभयो । कोरोना महामारीका कारण अन्य औपचारिक कार्यक्रम नगरिएको भए पनि दिवसको अवसरमा दीप प्रज्वलन गरिएको उहाँले बताउनुभयो ।
सुरक्षा सतर्कता अपनाएर दीप प्रज्वलन गरिएको बताईएको छ । दीप प्रज्वलन कार्यक्रम लाई  प्रेस सेन्टरका केन्द्रीय सदस्य ध्रुबविक्रम बुढाथोकीले सम्बाेधन गर्नु भएकाे थियाे  । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा, कर्णाली प्रदेश उपाध्यक्ष तुल देबकोटा र जिल्ला अध्यक्ष नारायण केसी, प्रेस सेन्टर चौरजहारी नगर समिति अध्यक्ष तिलक ओली लगायतको उपस्थित रहेको थियो ।

स्थापना दिवसको अवसरमा प्रेस सेन्टर मुसीकोटले नगरपालिकामा रहेका विभिन्न सञ्चार माध्याम र क्रियाशील पत्रकारहरुलाई २००० पिस मास्क र २१ पिस सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रिहरु वितरण गरेको थियो । आज रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी प्रेस सेन्टरको १८ औं स्थापना दिवस मनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |