रुकुम पश्चिममा बिबिध कार्यक्रम गरेर प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवस मनाइयो ।
64x64
२०७८ माघ १५ शनिबार प्रेसपालिका संवाददाता
320 Views

शनिबार, माघ १५, सम्पादक                                                प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा संगठनका पालिका समितिले विभिन्न कार्यक्रम गरेर मनाएका छन । प्रेस सेन्टर नेपाल मुसिकोट नगर समितिले नगरपालिकामा रहेका बिभिन्न सञ्चार माध्यामलाई कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सामाग्रि वितरण गरेको छ । दिवसको अवसरमा मास्क र सेनिटाईजर वितरण गरिएको हाे  । नगरपालिकामा संचालित सञ्चार माध्यम र पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्रि वितरण गर्नुका साथै बेलुका दिप प्रज्वलन समेत गरेकाे मुसिकाेट नगर  समिति अध्यक्ष दिपेन्द्र महताराले जानकारी दिनुभयो ।  २१ पिस सेनिटाईजर र मास्क २००० पिस वितरण गरिएको जानकारी दिनुभयाे। त्यस्तै प्रेस सेन्टर नेपाल चौरजहारी नगर समितिले पनि बजारमा मास्क नलगाएकाहरुलाई मास्क बितरण गर्दै मास्क लगाउन आग्रह गरेको छ । कोरोनाको महामारीको जोखिम कायमै रहेकाले बजार क्षेत्रमा रहेका श्रमिक, र स्थानियलाई माक्स र सेनिटाईजर फलफूल वितरण गरिएको पालिका समिति अध्यक्ष तिलक ओलीले जानकारी दिनुभयो । प्रेस सेन्टर नेपाल आठबिसकोट समितिको २० घर बादी परिवारलाई खाद्यान्न सहयोग गरेको नगर अध्यक्ष सत्य बटालाले जानकारी दिनु भयाे । त्यस्तै  बाँफिकोट गाउँपालिकाले दुई घर परिवारलाई ५० किलो चामल, १ लिटर तेल, १ किलो दाल, नुन लगायत खाद्यान्न सहयोग गरेको प्रेस सेन्टर बािफकाेट पालिका समिति अध्यक्ष प्रचण्ड खत्रीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीकाे उपस्थितिमा सहयोग वितरण गरिएकाे छ। त्सस्तै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति र सानिभेरि पालिका समिति ले  पत्रकार सहिद चिनबहादुर बुढाको श्रीमति कमला राना र प्रेम प्रकाश चन्दकी दिदी विनिता चन्दलाई सम्मान  गरेकाे छ । सानीभेरी गाउँपालिकामा भएकाे कार्यक्रम मार्फत प्रेस सेन्टरका स‍स्थापक नेता माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य तथा पार्टीका कर्णाली प्रदेश सदस्य गोविन्द रोका सचिनले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News