माघ १५ : रमिता खड्का
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा विभिन्न क्षेत्रमा काम गर्ने,श्रमिक किसान, तथा सर्वसाधारणहरुलाइ मास्क र स्यानिटाइजर फलफुल बितरण गरिएको हो ।
प्रेस सेन्टर चौरजहारीको आयोजनमा र चौरजहारी नगरपालिका तथा चौरजहारी अस्पतालको समन्वयमा आज नगरका विभिन्न स्थानमा काम गर्ने श्रमिक,किसान र सर्वसाधारणहरुलाई मास्क र स्यानिटाइजर बितरण गरिएको प्रेस सेन्टर नेपाल चौरजहारीका नगर समिती अध्यक्ष तिलक ओलीले बताउनु भयो ।
सोही अबसरमा सहिद चिनबहादुर बुढाको श्रीमति कमला राना बिएमलाई खादा ओडाएर सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल प्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका कोषाध्यक्ष ज्ञाणु गौतम ,प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका काेषाअध्यक्ष सन्देश जैसी, प्रेस सेन्टरका चाैरजहारी नगरका सदस्यहरू लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।।