रुकुम पश्चिमको जनसंख्या १ लाख ६६ हजार
64x64
२०७८ माघ १३ बिहिबार प्रेसपालिका संवाददाता
124 Views

सम्पादक
२०७८माघ१३
रुकुम पश्चिमको जनसंख्या १ लाख ६६ हजार ३ सय ५४ पुगेको छ । नेपालको जनगणना २०७८ अनुसार जिल्लाको जनसंख्या जनगणना २०६८ को तुलनामा ११ हजार ५४ मात्र बढेको छ । १० वर्ष अगाडि २०६८ मा भएको जनगणना अनुसार सिंगो रुकुमको कुल जनसंख्या दुई जिल्ला रुकुम पश्चिम र पूर्वमा विभाजन भएको थियो ।जसअनुसार रुकुम पश्चिमको जनसंख्या १ लाख ५५ हजार ३ सय रहेको थियो । यो बढेर अहिले १ लाख ६६ हजार ३ सय ५४ पुगेको हो । जिल्ला तथ्यांक कार्यालयका अनुसार जिल्लामा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी छ । ८१ हजार ६३ जना पुरुष हुँदा महिलाको जनसंख्या ८५ हजार २ सय ९१ छ ।

जिल्लामा पुरुषको भन्दा महिलाको जनसंख्या ४ हजार २ सय २८ ले बढी छ । जिल्लाको जनसंख्या बृद्धिदर ०.६५ प्रतिशत रहेको जिल्ला तथ्यांक कार्यालयका सूचना अधिकारी सतिशकुमार चौधरीले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा घर परिवार संख्या ३७ हजार ७ सय ८ रहेको उहाँले बताउनुभयो ।

तीन नगरपालिका र तीन गाउँपालिका मध्ये जिल्लामा सबैभन्दा बढी जनसंख्या भएको नगरपालिका आठबीसकोट रहेको छ । आठबीसकोटको जनसंख्या कुल ३५ हजार ९ सय २९ रहेको छ । जसमा पुरुष १७ हजार ७ सय ४३ र महिला १८ हजार १ सय ८६ जना छन् । आठबीसकोटमा ७ हजार ६ सय ३ वटा घर छन् ।
घरपरिवार संख्या भने मुसीकोट नगरपालिकामा सबैभन्दा बढी छन् । जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिकामा ८ हजार ७ सय ९३ घर परिवार छन् । मुसीकोटको जनसंख्या ३३ हजार ८ सय ७१ रहेको छ । पुरुष १६ हजार ९१ जना हुँदा महिलाको संख्या १७ हजार ७ सय ८० छ ।

चौरजहारी नगरपालिकामा १४ हजार १ सय ७० पुरुष र १५ हजार ८५ महिला गरी कुल २९ हजार २ सय ५५ जनसंख्या छ । भने घर परिवार संख्या ६ हजार ७ सय ९१ रहेको जिल्ला तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाउँपालिका मध्य बढी जनसंख्या सानीभेरी गाउँपालिकाको छ ।

सानीभेरीको जनसंख्या २४ हजार ७ सय ७८ हुँदा पुरुषको १२ हजार १ सय ५२ र महिलाको संख्या १२ हजार ६ सय २६ रहेको छ । सानीभेरीमा घर परिवार संख्या ५ हजार ३ सय १३ छ । बाँफिकोट गाउँपालिकामा कुल ४ हजार ८ सय २७ घर परिवार रहदा २० हजार ९ सय ४० जनसंख्या छ ।

जसमा पुरुष १० हजार ८५ र महिला १० हजार ८ सय ५५ जना छन् । जिल्लामा सबैभन्दा कम जनसंख्या त्रिवेणि गाउँपालिकामा २० हजार ४ सय ६६ छ । यहाँ घर परिवार संख्या पनि सबैभन्दा कम छ । त्रिवेणिमा ४ हजार ३ सय ७५ घर परिवार छन् । यहाँ पुरुषको संख्या ९ हजार ७ सय ७५ रहँदा महिलाको संख्या १० हजार ६ सय ९१ छ ।

जिल्लाका सबै स्थानीय तहमा पनि पुरुषको तुलनामा महिलाको संख्या बढी छ । यो प्रारम्भिक नतिजा रहेको र पूर्ण नतिजा आउँन भने समय लाग्ने तथ्यांक कायालयका सूचना अधिकारी चौधरीले बताउनुभयो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |