जिल्ला अदालत रुकुम पश्चिमको सेवा कटौति
64x64
२०७८ माघ १२ बुधबार प्रेसपालिका संवाददाता
171 Views

२०७८माघ,१२
चन्द्र प्रकाश पाण्डे
जिल्ला अदालत रुकुम पश्चिममा कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिन थालेपछि रुकुम जिल्ला अतालतले सेवा कटौति गरेको छ । एक सूचना जारी गर्दै अदालतले मंगलबारदेखि १३ वटा बाहेक अन्य सेवा बन्द गर्ने जानकारी दिएको छ ।अन्य सेवा बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको निवेदन, न्याय सम्पादन र सुनुवाईमा अधिक समय नलाग्ने प्रकृयागत कार्यको रुपमा रहेको मिलापत्र, मुद्दा फिर्ता, ढिसमिस र तामेली लगाएतका काम कारवाही हुने छन् । थप संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा कटौति गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मुद्दामा प्रमाण बुझि अंग र सुनवाई प्रकृयामा अदालतको आदेशले बाल सुधार गृहमा रहेका बालबालिका मात्र संलग्न रहेका फौजदारी मुद्दा र सो सम्बन्धी निवेदन, कसूर कायम भई सजाय पूर्वको प्रतिवेदन प्राप्त भईसकेको वा सहज रुपमा प्राप्त हुने अवस्थाका सजाय निर्धारण गर्न बाँकी मुद्दाको सुनुवाईको सेवा पनि प्रवाह हुने छ ।त्यस्तै जिल्ला अदालतले अर्धन्यायिक निकायले गरेको आदेश उपर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम पर्न आएका निवेदनमा सुनुवाई गर्नुका साथै घरेलु हिंसा (कसूर, सजाय) ऐन, २०६६ को दफा ५ को उपदफा २ बमोजिमका मुद्दाहरु दर्ता गर्ने छ ।

सरकारवादी फौजदारी मुद्दामा फरार रहेका प्रतिवादी अदालतबाट जारी भएको म्यादमा तत्काल कोभिड–१९ परीक्षण गरेको पिसिआर रिपोर्ट सहित बयानका लागि हाजिर भएमा बयान गरी बाँकी कार्य अगाडि बढाउने समेत अदालतले जनाएको छ ।पूर्ण सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने अदालतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News