
२०७८माघ११
बिकास पाण्डे
रुकुम पश्चिममा कोरोनाको सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ । कोरोनाको तस्रो लहर सुरु भए पछि कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । जिल्ला भर हाल सम्म १ सय ३० जना कोरोनाका सक्रिय संक्रमित छन् ।
संक्रिय संक्रमित मध्य ३ जनाको बिभिन्न अस्पतालमा उपचार भैरहेको र अन्य १ सय २७ जना भने होम आईसोलेसनमा रहेका छन् । सोमबार मात्रै जिल्लामा १९ जनामा कोरोना सक्रमण पुष्टि भएको थियो । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीका अनुसार जिल्ला अस्पताल सल्लेमा ११ जना, चौरजहारी नगरपालिकामा २ जना, त्रिवेणी गाउँपालिकामा २ जना र आठबीसकोट नगरपालिकामा ४ जनामा गरि जम्मा १९ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यस्तै सूचना अधिकारी ओलीका अनुसार सोमबार सम्ममा १५ जना निको भएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या वढि हुन सक्ने उहाँले बताउनुभयो । लक्षण देखिएका र कोरोना जाच गर्न चाहाना भएकाले मात्र परिक्षण गर्ने गरेका छन् । जिल्लामा कोरोना परिक्षणको दायरा बढाउन सकिएको छैन । कोरोना लक्षणसंग मिल्दा जुल्दा लक्षण भएका बिरामि भए पनि परिक्षण नगराउदा जोखिम बढेको ओलीले बताउनुभयो ।।
