चन्द्र प्रकाश पाण्डे
२०७८माघ१०
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ मा नेपाल टेलिकमको टेलिफोन र फोर जी सेवा पुगेको छ । वडाको नेपिलेख थुममा निर्माण भएको टावर संचालनमा आएपछि त्यस क्षेत्रका स्थानीय नमस्तेको टेलिफोन र फोर जी सेवाको पहुँचमा पुगेका हुन् ।नेपाल दुर सञ्चार प्राधिकरणले टावर निर्माण गरेको हो । उक्त टावर १ सातादेखि संचालनमा आएको छ । टावर सञ्चालनमा आएपछि वडा नम्बर १ सहित वडा नम्बर २ र ३ तथा जाजरकोटको विभिन्न ठाउँका नागरिकहरु पनि लभान्वित भएका छन् ।
अहिले सेवाग्राहीलाई फोन तथा इन्टरनेटबाट हुने काम गर्न सजिलो भएको आठबीसकोट १ का वडाध्यक्ष देवबहादुर घर्तीले जानकारी दिनुभयो । वर्षौको पर्खाइपछि टेलिफोन र इन्टरनेटको सेवा गाउँमा पुग्दा स्थानीय हर्षित बनेको उहाँको भनाई छ ।यसअघि कतै कतै मात्र अलिअलि फोनले काम गर्ने गरेपनि सबै ठाउँमा काम गर्दैन थियो । हाल भने घरमै बसेर फोनमा कुरा गर्न पाएपछि त्यसक्षेत्रका नागरिकहरु मख्ख छन् । सेवाग्राहीले हात हातमै इन्टरनेट समेत चलाउन पाएका छन् ।।