ओछ्यानमा आगो सल्किएर १९ दिनकाे शिशु मृत्यु ।
64x64
२०७८ माघ ०९ आइतबार प्रेसपालिका संवाददाता
151 Views

माघ ९ सम्पादक :                                    रुकुम  पश्चिम काे चाैरजहारी नगरपालिका-६ शान्ति बजारमा आईतवार विहान ओछ्यानमा आगो सल्किएर १९ दिनको शिशु सुनिल रोकाको मृत्यु भएको छ।

चुल्हो नजिक ओछ्यान रहेको  आगो सल्किएपछि शिशुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चौरजहारीले बताएको छ । बच्चालाई बचाउन  खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुईवटै हात पोलिएर घाईते भएकी छिन । आमा बाहिर गएको बेला ओछ्यानमा आगो सल्किएको जनाईएको छ।‘शिशुको शव पोष्टमार्टमका लागि जाजरकोट जिल्ला अस्पतालमा लगिएको छ’ ईलाका प्रहरी कार्यालय चौरजहारीले’जानकारी दिए अनुसार हात पोलिएर घाईते भएकी आमालाई स्थानीय मिसन अस्पतालमा उपचारपछि घर फर्किनु भएकाे छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News