अव्यवस्थित पार्किङ ले बजार अस्तब्यस्त ।
64x64
२०७८ माघ ०९ आइतबार प्रेसपालिका संवाददाता
274 Views

कुवेर ओली :

रुकुम पश्चिमको झुल्नेटा बजार जिल्लाकै प्रमुख ब्यापारिक केन्द्रको रुपमा स्थापित बजार हो , सल्यान रुकुम र रोल्पाको स्थानिय क्षेत्रको पहुंचमा रहेको निकै पुरानो बजारको रुपमा परिचीत रहेको छ ।अव्यवस्थित पार्किङ ले बजार अस्तब्यस्त । - प्रेस पालिका

दाङ,सल्यान हुदै मुसिकोट जोड्ने राप्ति लोक मार्ग को सडक खण्ड अन्तर्गत पर्ने बजार क्षेत्र हुनुको साथै
यहि सडक खण्ड भएर दैनिक सयौं सवारि साधन आवतजावत गर्ने गरेका छ्न । जिल्ला को प्रबेशद्वार तथा प्रमुख सिमा नाका झुल्नेटा बजार हो।

सर्बप्रथम बि.स. २०५८ साल असोज २८ गत्ते गाडि पुग्दा यहांका स्थानिय तथा व्यबसायीहरु निकै हर्षित हुनुको साथै खुशी व्यक्त गरेका थिय ।

उक्त क्षेत्रमा ब्यबसायी गर्नेहरुको सङ्ख्या पनि कमै रहेकाले सुरु का दिनहरुमा गाडि पार्किङ को लागि पार्किङ स्थल पनि प्रशस्तै हुने गरेको स्थानीयको भनाइ छ ।

दैनिक रुपमा चार पाँच वटा यात्रुबाहक बस आवतजावत गर्ने र बुकिङ काउन्टर समेत रहेको थियो बिस्तारै ब्यबसायी हरु बढ्दै गयपछि पार्किङ गर्ने स्थान को अभाव हुदै गएको छ ।

सडक बिस्तार संगै यात्रुबाहक बस पनि अगाडि को बजार क्षेत्रमा जान थालेको लामो समय देखि यातायात ब्यबसायीको रुपमा काम गर्दै आउनुभएका विनोद ओली ले बताउनुभयो ।
हाल बसपार्क नहुदा सडक मै यात्रुहरु ओराल्ने तथा सडक बाटै चढाउने बाध्यात्मक अबस्था रहेको ओलीको भनाइ छ

बिस बर्ष पुग्दा समेत बसपार्क निर्मान तथा ब्यबस्थापन हुन नस्कदा बजार क्षेत्रको बाताबरण मै ठूलो असर पर्न सक्ने झुल्नेटा बजार ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष अमर बहादुर खड्का गुनासो व्यक्त गर्नुभयो ।अव्यवस्थित पार्किङ ले बजार अस्तब्यस्त । - प्रेस पालिका
हामी व्यबसायीहरुको तर्फबाट सकेजति कोसिस गर्यौं बजार क्षेत्रभित्र बसपार्क बनाउन तर कुनैपनी निकायबाट बसपार्क बनाउने पहल नभएपछि बजार क्षत्र नै कुरुप देखिन थालेको खड्काको भनाइ रहेछ ।

खड्काका अनुसार तत्कालिन झुल्नेटा बजार ब्यबस्थापन समितिको पहलमा जिल्ला बिकास समिति का स्थानिय बिकास अधिकारि भरत कुमार शर्मा को कार्यकाल मा जि. बि.स. मार्फत २०७२-०७३ मा बसपार्क निर्मान को लागि रु १० लाख समेत बिनियोजन गराइएको थियो ।
त्यस लगत्तै काम सुचारु गरेता पनि अहिलेसम्म उक्त बसपार्क निर्मानको काम अधुरो हुदा ब्यबसायीहरुले आ- आफ्नै घर अगाडि गाडि पार्किङको गर्ने गरेका छन ।

त्यसैगरी त्रिवेनी गाउंपालिका अध्यक्ष झक्कुप्रसाद घर्ति मगरका अनुसार गत आ.ब. २०७७/०७८ बाट नै झुल्नेटा र सिम्रुतु बजार क्षेत्रको फोहोर ब्यबस्थापन को लागि डम्पिङ साइड, सार्बजनिक सौचालय निर्मान को योजना गाउंसभा मार्फत पारित गराइ गाउंपालिका उपाध्यक्ष को संयोजकत्वमा एक कार्यदल निर्मान गरि कार्य थालियको र बसपार्क को लागि समेत आगामि बर्षको कार्यक्रम हरुमा प्राथामिकता मा राखि कार्य गर्ने निर्णय भएको हो
तर स्थानिय ब्यबसायी र जग्गावालाहरुले जग्गा उपलब्ध नगरेकै कारण यी कार्यहरु अगाडि बढ्न नसकेको अध्यक्ष मगरको भनाइ रहेको छ ।
स्थानिय सरकार ले केहि नसोचेको र केहि नगरेको होइन हामि निर्बाचित भै आएदेखि ब्यापारिक तथा औधोगिक क्षत्र को लागि समेत प्रभावकारि कामहरु गरेको उहाले प्रष्ट पार्नु भयो ।
उहाले भन्नुभयो हाम्रो दाहित्व भनेको बिकासका आवश्यकता अनुरुप पहिचान गरि योजना निर्मान गर्ने, बजेड ब्यबस्थापन गर्ने कार्य हो।
स्थानिय जनताको सरसहयोग योगदान र अपरिहार्य हुन्छ सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गरे सरकारले क्रमबद्द रुपमा काम गर्न सदा तत्पर रहने उहाको भनाइ छ ।

दैनिक आबगमन तथा सवारि साधन इन्ट्री,सुरक्षा चेक जांच गर्दा यात्रु हरुको बाक्लो भिडभाड हुने हुदा निकै समस्या भएको प्रहरि चौकि झुल्नेटा रुकुम पश्चिमका चौकि इन्चार्ज कृष्ण खड्काले बताउनुभयो ।
ब्यबस्थित बसपार्क नहुदा धेरै समय सम्म यात्रु तथा सवारी साधन कुराउनुपर्ने व्याध्यता बनेको प्रहरी इन्जार्ज खडकाको भनाइ रहेछ ।
सार्बजनिक तथा निजि निर्मानका सामाग्री समेत सडकमा राखि काम गर्ने गरेकोले पैदल यात्रीहरुले समेत असुरक्षित महसुस गर्नेभएकोले निकै समस्या हुने गरेको र
ब्यबस्थित बसपार्क निर्मान हुन नसक्नु नै यहांको मुख्य समस्या रहेको इन्चार्ज खड्काले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News