२४२ जना विद्यार्थीहरु लाई निशुल्क पोषाक बितरण
64x64
२०७८ माघ ०९ आइतबार प्रेसपालिका संवाददाता
181 Views

सम्पादक                                                                  २४२ जना विद्यार्थीहरु लाई निशुल्क पोषन बितरण मुसिकोट नगरपालिका वडा न ९ ले आफ्नो वडामा रहेका चार वटा विद्यालयहरुमा अध्यनरत २४२ जना विद्यार्थी हरु लाई निशुल्क रुपमा पोसाक बितरण गरेको छ । जुवाला आधारभुत विद्यालय हिलमा ५० जना लाई सुर्योदय आधारभुत विद्यालय होलमा ४० जना लाई कृष्ण आधारभुत विद्यालय लिङगुरमा १९ जना लाई र जनशिक्षा आधारभुत विद्यालय चौखावाङमा १३३ जना लाई बितरण गरिएको हो । प्रत्येक विद्यालयहरुमा पुगेर जनप्रतिनिधिहरुले सो पोसाक बितरण गरेका हुन । आ व २०७८/७९ को नगर परिषद बाट स्वीकृत विद्यार्थी लाई पोसाक बितरण कार्यक्रम को लागि वडाले २ लाख साठी हजार रुपैयाँ बिनियोजन गरेको थियो । उक्त रकम बाट सो पोसाकहरु सिलाएर बालबालिहरु लाई बितरण गरिएको हो । सरकारि विद्यालयमा पढाउनु पर्छ । सबैले एउटै पोसाक प्रयोग गर्नु पर्छ र घर परिवारको अवस्था कमजोर भए पनि केही न केही स्थानीय सरकारले पनि सहयोग गर्छ भन्ने महसुस भएको अबिभाबकहरुको प्रतिक्रिया छ भने यस्तै खालका कार्यक्रम निरन्तर रुपमा गर्दै जाने वडाको प्रतिबद्धता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News