सानीभेरि गाउँपालिकामा एक दिने पुनः ताजकिय तालिम सम्पन्न ।
64x64
२०७८ माघ ०८ शनिबार प्रेसपालिका संवाददाता
289 Views

सानोभेरीमा एक दिने ताजकिय तालिम सम्पन्न ।                         शक्ति बारघरी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एक दिने पुनः ताजकिय तालीम सप्पन्न भएको छ ।
साबिकको सिम्ली र गरायला का १८ जना महिला स्वयंसेबिका लाई तालिम  दिदै एक दिने तालिम सप्पन्न भएको हो ।
कार्यक्रममा हजार दिने बच्चा, गर्भमा आय देखि दुई बर्ष सम्म गर्नुपर्ने स्याहार सुसार, गर्भ जाँच, प्रसुती र बच्चा अबस्थामा आउने जोखिम हरुभए कसरी बचाउने भन्ने बिषयमा तालिम दिइनुका साथै जन्मिएको बच्चाको स्याहार बारे प्रसुती पछिको जाच र खोपको बारेमा सिकाएको मातृशिशु स्वास्थ प्रबर्द्धन कार्यक्रमका परियोजना अधिकृत गोपाल तिमल्सिनाले बताउनु भयो ।
उक्त कार्यक्रममा सानीभेरी गाउपालिका  वडा नम्बर ९ का अध्यक्ष शेर ब खड्का  अथिती मातृशिशु स्वास्थ प्रबर्द्धन कार्यक्रमको परियोजना अधिकृत गोपाल तिमल्सिना लगायत अन्य व्यक्ति हरुको पनि सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन निर्मला के सि ले गर्नु भएको थियो ।
तालिम  सहभागी महिला स्वयंसेबिकाहरुले यस्तो महत्वपुर्न तालिम दिएकोमा र आगामी दिनमा यस्तै महत्वोपुर्ण कार्यक्रम ल्याउने अपिक्षा राख्दै चौरजहारी अस्पताललाई धन्यवाद समेत दिएका छन ।
मानव बिकास तथा सामुदायिक सेवा एचडिसिएस अन्तर्गत संचालित मातृशिसु स्वास्थ प्रबर्द्धन परियोजना चौरजहारी अस्पतालले महिला स्वयंसेविका हरु लाई तालिम दिदै आएको छ ।
साथै यहि माघ ९ गते आइतबार अर्माको हेल्थ पोस्टमा तालिम संचालन हुने अधिकृत तिमल्सिनाले जानकारी दिनु भयो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News