चाैरजहारी नगरपालिका ११ मा टावर बनाउने सुरुवाती चरण मा मजदुरले पाउन सकेनन् ज्याला ।
64x64
२०७८ माघ ०६ बिहिबार प्रेसपालिका संवाददाता
246 Views

शक्ति बारघरि

निर्माणधिन नेपाल टेलिकमको टावर बनाउने सुरुवाती चरण मा काम गरेका मजदुरहरुले अझै ज्याला पाउन सकेका छैन

चौरजहारी नगरपालिका वडा नम्बर ११  बस्ने ससिराम वलि,गोर्ख बहादुर खत्री ,एक्क बहादुर खत्री,भद्र बहादुर वलि, र रगे वलि लगायतका व्यक्तिहरुले काम गरेको ३ लाख रुपैया अहिलेसम्म पाउन नसेको गुनासो गरेका छन ।

काम गरेको ३ बर्ष बितिसक्दा पनि अहिले सम्म कुनै पनि कम्पनी वा निकाय बाट काम गरेको ज्याला नपाउदा मजदुर रगे वलिले गुनासो गर्नु भयो ।

आफ्ना घरपरिवार पाल्न लाई घर नजिकैको काम गरौ भनेर काम गर्न लागियो तर काम गरेको ३ बर्ष बितिसक्दा पनि ज्याला नपाएको अर्का मजदुर गोर्ख बहादुर खत्रीले गुनासो सुनाउनु भयो छ।
काम गरेको ३ बर्ष बितिसक्दा पनि ज्याला नपाए पछि मजदुर हरुले उक्त निर्माणधिन टावरको कामलाई अगाडि बढाउन दिएका थिएनन्
ज्याला नपाएको आक्रोशमा काम अगाडि बढन नदिने प्रतिबद्धता गरेका थिय तर वडा नम्बर ११ का वडा सदस्य प्रेम केसि र सुनिता वलिको सहजीकरण र समन्वयमा काम सुचारु गरेका हौ   जनकल्याण माद्यामिक बिद्यालयका शिक्षक यज्ञ बहादुर वलिले जानकारी दिनुभएको छ  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |