खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय खुल्ने ।
64x64
२०७८ माघ ०५ बुधबार प्रेसपालिका संवाददाता
144 Views

प्रेसपालिका सम्पादक : खाेप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय खुल्ने भएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीएमसी) ले माघ १६ देखि २० मा खोपका लागि विद्यालय खुलाउने निर्णय गरेको हो। कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News