कर्णाली प्रदेश सरकारद्धारा सञ्चालित छोरी सुरक्षा खातालाई व्यवस्थित बनाईदै
64x64
२०७८ माघ ०५ बुधबार प्रेसपालिका संवाददाता
238 Views

सम्पादक
२०७८माघ,५
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको’ कार्यक्रमको अभिलेख र प्रतिवेदन व्यवस्थित गराइने भएको छ । सरकारले २०७६ सालको साउन १ र त्यसपछि जन्मेका हरेक छोरीको खाता खोलिदिने र सुरुको एक महिना एक हजार त्यसपछिका रहेक महिना पाँच सयका दरले रकम जम्मा गरिदिने गरिएको छ । रुकुम पश्चिमका ६ वटै पालिकामा सञ्चालित यो कार्यक्रम निरन्तर चलिरहे पनि अभिलेख व्यवस्थापन र प्रतिवेदनमा समस्या रहेको भन्दै अब यसको व्यवस्थापन गरिने भएको हो । सामाजिक विकास कार्यालय रुकुम पश्चिमले दुई दिनको तालिम आयोजना गरी यो कार्यक्रमको अभिलेख व्यवस्थापन र प्रतिवेदनलाई व्यवस्थित गर्न लागेको हो ।
मन्त्रालयले सफ्टवर विकास गरेकाले अब हरेक स्थानीय तह र हरेक छोरीको विवरण दुरुस्त रहने सामाजिक विकास कार्यालयका प्रमुख धनन्जय आचार्यले बताउनुभयो ।

सबै स्थानीय तहका सम्बन्धित शाखा कर्मचारीलाई दुई दिने तालिम दिइने र त्यसपछि यो कार्यक्रम अभिलेख व्यवस्थापन र नियमित प्रतिवेदन व्यवस्थित हुने आचार्यको भनाई छ । कर्मचारीलाई सफ्टवर सम्बन्धिको तालिम र अरु व्यवस्था, कार्यविधिका विषयमा सिकाईदै छ ।
नीतिगत र व्यवहारिक रुपमा नै विभेद हटाउने गरी आएको यो कार्यक्रमलाई सबैतिर कार्यान्वयन गर्नुपर्ने र यसबाट सम्बन्धित सबैलाई लाभान्वित गराउनुपर्ने जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएमले बताउनुभयो।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |