चौरजहारी नगरपालिकामा प्रधानाध्यापकहरुको बैठक सम्पन्न
64x64
२०७८ माघ ०४ मंगलबार प्रेसपालिका संवाददाता
229 Views

शक्ति बारघरी
२०७८माघ,४
चौरजहारी नगरपालिका रुकुम पश्चिममा प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । वडा नम्बर १ स्थित नाखिरा आधारभूत बिद्यालयमा बैठक सम्पन्न भएको हो ।। १२ बर्षदेखि १७ बर्ष सम्मका चौरजहारी नगपालिका अन्तर्गत संचालित सामुदायिक र सस्थागत बिद्यालयका बालबालिकाहरुलाइ माघ ६ गतेदेखी १३ गतेसम्म कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम संचालन गर्ने र खोपका लागि सम्बन्धित बिद्यालयका प्राध्यापक तथा सहायक प्रधानाध्यापकहरुको मुख्य जिम्मेवारी रहने गरि उक्त बैठकले निर्णय गरेको चौरजहारी नगरपालिकाका शिक्षा शाखाका अधिकृत टीका जङ्ग ओलिको हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
साथै माघ ४ गते देखि सामुदायिक बिद्यालय र सस्थागत बिद्यालयहरु माघ १५ गतेसम्म (कोभिड १९)सम्भाबित जोखिमलाइ ध्यानमा राखी बन्द गर्ने निर्णय गरेको छ । माघ १७ गते देखि बैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ मा रहेका प्राबधान बमोजिम सम्बन्धित बिद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई सिकाइ सहजीकरण क्रियाकलाप गर्ने र साथै बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी अनिवार्य रुपमा बिद्यालयमा हाजिरी हुनु पर्ने सिकाइ सहजीकरण क्रियाकलाप संचालन गर्ने निर्णय गरिएको शिक्षा शाखाले बताएको छ । नाखिरा आधारभुक्त बिद्यालयका प्रधानाध्यापक रुद्र लाल जैसिको अध्यक्षतामा सम्पन्ने बैठकमा चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शमार्, प्रशासकीय अधिकृत गोकुल ढुङ्गेल,शिक्षा शाखाका प्रमुख टीका जङ्ग ओलि, स्वास्थ शाखाका संयोजक डन्ड प्रसाद शर्मा, वडा नम्बर २ मा अबस्थित बिज्यश्वरी बिद्यालयका प्राध्यापक हिम सिंह नेपाली आधारभुक्त बिद्यालय लहरे सिमलका प्रधानाध्यापक नन्दलाल के सि लगायत चौरजहारी नगरपालिका अन्तर्रगत संचालित १ नम्बर वडा देखि १४ नम्बर वडा सम्मका सामुदायिक र संस्थागत बिद्यालयका प्रधानाध्यापक लगायत समाजसेबि, उद्यमसिल व्यक्तित्व हरुको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |