चन्द्र प्रकाश पाण्डे
२०७८माघ,४
चौरजहारी नगरपालिका १४ रुकुम पश्चिमका दल बहादुर घर्ति जिल्ला मालपोत कार्यलय रुकुम पश्चिममा जग्गा पास गर्न भनि सदमुकाम खंलगा आएको ३ दिन भयो । ३ दिन बित्तिसक्दा पनि उनको काम फत्ते हुने कुनै सूरसार छैन् । कुनै दिन बत्ति हुदैन त कुनैदिन नेट चल्दैन,त्यस्तै आठबिसकोट नगरपालिका ९ राडिज्युलाका खड्क बहादुर खत्री पनि जग्गा पास गर्ने कामकै शिलसिलामा खंलगा आएको ४ दिन बित्तिसक्यो । उनको नि समस्या त्यस्तै छ,त्यत्तिमात्र होइर्न मुसिकोट नगरपालिका ७ साँखका डम्मर पाण्डे आएको त झन ७ दिन बित्तिसक्यो । उनको पनि समस्या उहि नै हो । खंलगा बस्दा र होटलमा भात खादा खादा भाको सबै पैसा सकियो अब बाकि काम के पैसाले गर्ने हो,न काम हुन्छ,आज,भोलि भन्दा भन्दै हप्तौ बितिसक्दा पनि काम हुन नसकेको गुनासो पाण्डेको छ । यि त प्रतिनिधि पात्र मात्र हुन मालपोतकै काममा खंलगा आएर २४ देखि ३० दिन बित्तिसक्दा पनि काम नभएका थुप्रै सेवाग्राहि भेट्न सकिन्छ । सेवाग्राहिको उच्च चाप हुने कार्यलयमा जिम्मेवार निकायको ध्यान नपुग्दा बषौ देखि जनताले सास्ति भोगिराख्नु पर्ने बाध्यता कहिले सम्म रहिराख्ने हो ? कहिले बत्ति छैन,बत्ति हुदा नेट छैन,बत्ति र नेट दुवै हुदा कर्मचारी छैन यसको जवाफदेहि निकाय को हो त ?नियमनकारी निकाय को हो ? पाण्डेले प्रश्न गर्नुभयो ।
सेवाग्राहीको उच्च चाप र केहि दिन देखि नेटमा आएको समस्या र नियमित बिद्युत आपुर्ति नहुनुले सेवाग्राहिलाई सेवा दिन नसकिएको निमित्त कार्यलय प्रमुख ओम बहादुर के सीले स्विकार्नु भयो । सेवा ग्राहिको काम गर्न नसकेको सत्य भएको र यसको सामधानको लागि प्रमुख जिल्ला अधिकारी लगायत बिभाग सम्म कुराकानि भएको र यो समस्या चाडै हटिजाने निमित्त प्रमुख के सि ले जानकारी दिनुभयो । कर्मचारीहरु जनताकै सेवा गर्न भनि खटिराख्दा पनि प्रविधिले धोका दिदा यो समस्या उत्पन्न भएको र यो समस्या सदाका लागि अन्त्य गर्न प्रजिअ लगायत हामि सबै लागि परेका छौ र अबको केहि समयमा यो समस्या हटिजाने पनि नि प्रमुख के सि ले बत्ताउनु भयो ।
सोलार पावर व्याक जडान र वैकल्पिक नेट जडान भनि ३ लाख बजेट पनि आएको छ । सोलार पावर व्याक जडानमा २ लाख र वैकल्पिक नेट जडानमा १ लाख बजेट आएपनि यो पैसा प्रयाप्त नभएका कारण वैकल्पिक नेट जडानको रकम सोलार पावर व्याक जडानमा रकमान्तर गरी अबको केहि महिना भित्र सोलार पावर व्याक जडान गरिने ,जसले गर्दा बिजुलिको भर परिराख्नु पर्ने बाध्यताको अन्त्य हुनुको साथै सेवाग्राहीहरु पनि दिनका धाईराख्नु पर्ने बाध्यताको केहि प्रतिशत अन्त्य हुने मालपोत कार्यलर्यका नि कार्यालय प्रमुख के सी ले विश्वास व्यक्त गर्नु भयो ।