कोरोना महामारी बढ्दै गए पछि मुसीकोटमा तपाईको मास्क खै? अभियान सुरु ।
64x64
२०७८ माघ ०३ सोमबार प्रेसपालिका संवाददाता
191 Views

सम्पादक
२०७८माघ३,
पछिल्लो समय कोरोना महामारीको जोखिम बढ्दै गए पछि रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा तपाईको मास्क खै ? अभियान सुरु भएको छ । जिल्लाका सबै पालिकामा सञ्चालन हुने उक्त अभियान आज मुसिकोट नगरपालिकाको खंलगा बजार बाट सुरु भएको हो । अभियान कालिकास्थानबाट सुरु भै वजारका बिभिन्न ठाउँमा पुगेर मास्क नलगाई हिड्डुल गरेकाहरुलाई मास्क बितरण गरिएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आयोजना नेपाल पत्रकार महासंघ, सामुदायक प्रहरी सेवा केन्द्र, रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित सुआहारा परियोजनाको सहकार्यमा तपाईको मास्क खै ? अभियान सुरु भएको छ । अभियान अन्तरगत आज मास्क नलगाएकाहरुलाई निशुल्क रुपमा मास्क बितरण गरिनुका साथै कोरोनाको जोखिम कायमै रहेकाले मास्क लगाउन आग्रह गरिएको छ । कोरोनाको जोखिम बढ्दै जादा पनि मानिसहरुले बेवास्ता गरि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन छाडेका छन् । अभियानको क्रममा वजारमा हेर्दा अधिकांश मानिसले मास्क नलगाएको पाईएको छ ।
अभियानमा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकी, मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारी, नेपाल पत्रकार महासंघ सचिव हिरा परियार, सुआहारा परियोजनाका फिल्डकोडिनेटर जगदिश खड्का, शुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News