निर्माणाधीन नेपाल टेलिकमकाे टावर दुई बर्ष सम्म सुचारु भएना, फेरि कामले पुनः तिब्रता पायो ।।
64x64
२०७८ माघ ०१ शनिबार प्रेसपालिका संवाददाता
378 Views

प्रकाश डांगी :
चाैरजहारी नगरपालिका वडा नम्बर ११ नेप्टेकाँडामा निर्माणाधिन नेपाल टेलिकमकाे टावर सुरुवात गरेकाे दुई बर्ष सम्म पनि सुचारु भएको छैन ।
ठेक्कादारको लापरबाही तथा कोरोना महामारीका कारण बिगत केही बर्षदेखि रोकिएको वडा नम्बर ११ नेप्टेगाडामा निर्मानाधिन एनटिसिको टावर निर्माणको कामले अहिले आएर तिब्रता पाएको हो ।
उक्त टावर रुकुम पश्चिम लगायत सल्यान जिल्ला आसपासका बस्ती हरुलाइ लक्षित गर्दै निर्माण कार्य सुरु भएको थियो
चौरजहारी नगरपालिका वडा नम्बर १०, ११,१२,१३ र १४ लगायतका वडा हरुमा सञ्चारको पहुँच नहुदा स्थानियहरुलाई निकै सास्ती हुने गरेको छ ।
अब उक्त निर्मानाधिन टावर संचालनमा आएपछि फोन गर्न कै लागि भयपनी २/३ किलोमीटर हिडेर फोन गर्नु पर्ने बाध्यता बाट मुक्त पाइने स्थानीयले बताएका छ्न । नगर प्रमुख बिशाल शर्माले भन्नू भयाे कम्पनी ,निर्माण कार्यका ठेकादार तथा नेपाल टेलिकम रुकुम पश्चिम शाखा र नेपालगन्जलाई छिटै टावरकाे काम सुचारु गर्ना शर्माले ध्यानाकर्षण समेत गर्नुभएको छ ।

केही समय रोकिएको निर्मानाधिन टावर पुनः निर्माणकार्य हुन थाले पछि अनलाइन कक्षा पढ्नको लागि डाँडा काँडा धाउनु पर्ने समस्या बाट मुक्त पाइने सोही ठाउँमा अध्ययनरत विद्यार्थी दिपक डाङ्गी लगायत अन्य विद्यार्थीहरुले खुसी व्यक्त गरेका छ्न ।
स्रोतका अनुसार अबको केही दिन पछि निर्मानाधिन टावरको काम सम्पन्न भैइ सन्चालनमा आउने भएको छ । नेपाल टेलिकमकाे टावर सञ्चालन नभए पछि प्राय खाेलागाँउ चाैफाबजार टाटाबजार मुलजिउला घुघुति लगाएतका जनताहरु फाेन सेवाबाट बर्षाै देखि बञ्चित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News