३० पुष सम्पादक : सिस्ने गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएको रुकुम पूर्व अस्पतालले जनाएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल सहित उपाध्यक्ष गोबर्धन बुढा, स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद यादव, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिङ बुढा, सव इन्जिनियर गोविन्द खड्का र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुशिला पोखरेललाई ओमिक्रोन देखिएको छ । यस्तै सिस्ने ६ की २० बर्षिया महिलामा पनि ओमिक्रोन देखिएको छ भने अध्यक्ष बराल सहित पोजेटिभ देखिएका सवैको स्वास्थ्य अवस्था सामान्य छ शुक्रवार रुकुम पूर्व अस्पतालमा गरिएको एन्टिजेन प्रशिक्षणमा ७ जनामा ओमिक्रोन देखिएको हो । १६ जनाको कोरोना परिक्षण गरिएकोमा ४ पुरुष र ३ महिला गरि ७ जनामा कोरोना देखिएको अस्पतालका डाक्टर क्षितिज नेपालीले जानकारी दिनुभयो । अन्य ९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।