चौरजहारीमा सामुदायिक र संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुको बैठक बस्ने ।
64x64
२०७८ पुष ३० शुक्रबार प्रेसपालिका संवाददाता
223 Views

२०७८पौष,३०
शक्ति बारघरी
शिक्षा युबा तथा खेलकुद शाखा चौरजहारी नगरपालिकाले प्रधानाध्यापकहरुको बैठक आह्वान गरेको छ ।चौरजहारी नगरपालिका अन्तर्रगत संचालित सामुदायिक र संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुको बैठक आगामी माघ ३ गते बिहान १० बजे नगरपालिकाको सभाहलमो आह्वान गरिएको छ ।
शिक्षा शाखा चौरजहारीका अनुसार सम्बन्धित बिद्यालयमा अध्यनरत कक्षा १ देखि ८ कक्षासम्मका दलित छात्र/छात्रा, अपांगता भएका र लक्षित समुहका विद्यार्थीहरुको विवरण, शिक्षको शिक्षण सिकाइमा समयावधी सुधार योजना कार्यन्वयनका लागि बिद्यालयका व्यवस्थापन समितीको प्रतिलिपी,
त्यसै गरि सेनिटरी प्याड प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या र बालबिकास देखि कक्षा ५ सम्मको कार्तिक देखि पौष महिनासम्मको हाजिरीको प्रतिलिपी विवरण सहित बैठकमा उपस्थित हुनु पर्ने नगर शिक्षा शाखाले सूचना मार्फत जानकारी गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News