मुसिकोटमा सञ्चालित १ दिने पशु शिविर सम्पन्न।
64x64
२०७८ पुष ३० शुक्रबार प्रेसपालिका संवाददाता
401 Views

२०७८ पौष ३०
सम्पादक
मुसिकोट नगरपालिका रुकुम पश्चिममा सञ्चालित १ दिने पशु शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका,नगर कार्यपालिकाको कार्यालय,पशु सेवा शाखाको आयोजना र नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्यसमिति रुकुम पश्चिमको प्राविधिक सहयोगमा,महामारि जन्य रोग नियन्त्रणको लागि १ दिने रेविज विरुद्ध खोप शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा घरपालुवा पशु (कुकुर,बिरालो)मा रेविज विरुद्ध खोप र आन्तरिक परिजिविको औषधि समेत वितरण गरिएको बत्ताएको छ ।
रेबिज रोगको कारण विश्वमा धेरै मानिसहरु र पशुको मृत्यु भैसकेको इतिहास पाईन्छ । रोगबाट बच्न तथा रोगलाई रोकथाम गर्न खोप कार्यक्रमको आयोजना गरिएको थियो ।(Who leads to colleetive “united agairst rabies to drive progress towqrds zero human deaths from dog mediatied rabies by 2030″) विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्म विश्वभरी रेबिज रोगका कारण मानिसहरुको मृत्यु हुने दरलाई शुन्य मा राख्ने उद्देश्य अनुरुप शिविरको सञ्चालन गरिएको पशु सेवा प्राविधिक÷एसोसिएसन जिल्ला अध्यक्ष शिवराज महताराले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाका १४ ओटा वडाहरुलाई लक्षित गरि नगरका बिभिन्न ५ ठाँउमा शिविर सञ्चालन भएको थियो । पौष २५ गते नगरपालिकाका ६,७ र ८ नम्बर वडाका लागि वडा न ७ को साँख दह,बाट सुरु भएको शिविर पौष,२६ गते ४,६,७,९,१० र ११ न वडाका लागि वडा न ९ को होल्तारमा,पौष २७ गते ३,४,११ र १२ न वडाका लागि बैरागिठाटी,पौष २८ गते ३,१३ र १४ नम्बर वडाका लागि छिवाङ चौतारा र पौष २९गते १,२,३,४ र ५ नम्बर वडाका लागि पशु सेवा शाखा सेरिगाउमा आएर शिविरको समापन भएको थियो ।
शिविरमा २१० गोटा कुकुर र ६ गोटा बिरालो हरुमा रेविज विरुद्ध निशुल्क खोप लगाउनुका साथै आन्तरिक परिजिविको औषधि समेत वितरण गरिएको थियो । ७१ जना महिला र ११७ जना पुरुष गरि जम्मा १८८ जना कृषकहरु शिविरबाट लाभान्वित भएका थिए । शिविरमा पशु सेवा प्राविधिक÷एसोसिएसन जिल्ला अध्यक्ष शिवराज महतारा, नायब पशु सेवा प्राविधिक÷एसोसिएसन कर्णाली प्रदेश सदस्य पहिलभान खत्री,नायब पशु स्वास्थ्य प्राविधिक राजु के.सि.र का.स गौरव खत्री ले सेवा दिईराख्नु भएको थियो । भने उक्त शिविरको समन्वय पशुसेवा शाखा प्रमुख सरस्वती सापकोटा खड्काले गर्नु भएको बत्ताएको छ ।
आगामि आर्थिक बर्षमा पनि निशुल्क खोप शिविर सहित बन्ध्याकरण शिविर सञ्चालन गरिने पशु सेवा शाखाको लक्ष्य रहेको पशु सेवा प्राविधिक÷एसोसिएसन जिल्ला अध्यक्ष महतारा ले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News