विद्युत प्राधिकरणका ऊच्च पदस्थ कर्मचारीहरुको बेवास्ता का कारण तल्लो स्तरका कर्मचारी मारमा_ईन्चार्ज घर्ति
64x64
२०७८ पुष २९ बिहिबार प्रेसपालिका संवाददाता
368 Views

२०७८पौष,२९
शक्ति बारघरी
नेपाल बिद्युत प्राधिकरण चौरजहारी युनिट कार्यलयका इन्जार्ज दल घर्तिले उच्च पदस्थ कर्मचारीहरुले बिद्युत बिस्तार कार्यमा बेवास्ता गरेको बताउनु भएको छ ।
आफ्नो फेसबुक वालमा स्टाट्स लेख्दै नेपाल बिद्युत प्राधिकरणका उच्च पदस्थ कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरु लाई डिसिएस जाजरकोटमा रुकुम जिल्ला अँन्धकार नहोस भनि बारम्बार ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेको बताउनु भएको छ ।

जाजरकोट जिल्ला भेरी नगरपालिकामा कुदु सब_स्टेसनमा दुइवटा ब्रेकर बिग्रेको चार महिना हुदा पनि मर्मत कार्यमा पदस्थ कर्मचारी र डिसिएस जाजरकोटले बेवास्ता गरेको र अहिले जगतिपुरको फिडरमा ट्यापिङ गरेर बैकल्पिक रूपमा बिद्युत सेवालाइ बिस्तार गरिएको उहाले बताउनु भयो ।

उल्खित ब्रेकर बनाउनको लागि नेपाल बिधुत प्राधिकरणका उच्च पदस्थ कर्मचारी तथा सम्बन्धित सरोकारवाला DCS जाजरकोटमा बार बार ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरेको कारण हिजो सुर्खेतका २६ बर्षिय पदम बस्नेत कुदु सब_स्टेसनमा चौरजहारी फिडर निर्माण गर्ने क्रममा घाइते भएका छ्न ।
अझै यसैगरी बिद्युत बिस्तार कार्यमा बेवास्ता गरेमा धेरै ठुलो मानवीय मूल्य चुकाउनु पर्ने र त्यसको मार तल्लो स्तरको कर्मचारीले ब्यहोर्नुपर्ने बाध्यात्मक बिडम्बना भएको नेपाल बिधुत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र युनिट कार्यालय चौरजहारीका ईन्चार्ज घर्तिले जानकारी दिनुभयो। हिजो मात्र कुदु सब_स्टेशन लाईन बिस्तारको क्रममा करेन्ट लागेर सुर्खेतका पदम बस्नेत घाईते भयका थिए। ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |