चन्द्र प्रकास पाण्डे
२०७८ पौष,२९
जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमको अनलाईन सेवालाई प्रभावकारी र गुणस्तरिय बनाउन लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला कार्यसमितिले रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय मार्फत भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भुमि व्यवस्थापन तथा अभिलेख विभागलाई ध्यानकर्षणपत्र बझाईएको छ ।
सेवाग्राहीले ठुलो दुःख, सास्ती, झन्झट तथा लामो समय सम्म सेवाग्राहीलाई समस्या भएको हुदा सेवालाई यथाशिर्घ प्रभावकारी र गुणस्थरिय बनाउन ध्यानकर्षण गराईएको छ । साउन ३ गते देखि संचालनमा आएको अनलाईन सेवा (एलआर आईएम एस) सेवा प्रभावकारी र राम्रो भए पनि रुकुम पश्चिमको मालपोत कार्यालयमा जडान गरिएको ईन्टरनेटले भरपर्दो काम नगर्दा सेवाग्राहीले दुख पाईरहेका छन् ।
त्यस्तै अनलाईन सेवा भु–सेवा सुचना प्रणालीलाई नियमित गुणस्तरिय रुपमा संचालनका लागि नियमित बिद्युत आपुर्ती तथा बिद्युत नभएको समयमा वैकल्पिक उर्जाको व्यवस्था गर्न माग गरिएको छ । कार्यालयमा जडान गरिएको सुविसु ईन्टरनेट सेवा भरपर्दो र प्रभावकारी नभएको हुदा सेवाप्रदायक ईन्टरनेट सेवालाई विस्तापित गरी नयाँ, राम्रो, गुणस्थरिय र भरपर्दो ईन्टरनेट जडान गर्न ध्यानाकर्षण गरिएको छ ।
कार्यालयले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा हप्तौ सम्म सेवालिन नसकि दुख पाउनुका साथै नियमित रुपमा कार्यालय समयमा निमिक्त कार्यालय प्रमुखले माधक पर्दाथ सेवन गरि कार्यालयको काममा ढिला सुस्ती गर्ने, सेवाग्राहीलाई दुव्यवहार र अपशव्द प्रयोग गर्ने, निजामति कर्मचारीको आचारसंहिता विपरित गतिविधिहरु गरिरहेको हुदा सम्बन्धित निकायले कार्यालको अनुगमण गर्न पनि माग गरिएको छ ।
कानुनु व्यवसायि एशोशिएसन जिल्ला कार्य समिति रुकुम पशिचमका अध्यक्ष भिम बहादुर खड्का र सेवाग्राहिहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले माग सम्बोधनको लागि मन्त्रालयमा पहल गर्ने बताउनुभएको छ । उहाँले मालपोत कार्यालयमा भएको क्रियाकलापको बारेमा आएको कुरामा आफ्नो गम्भिर ध्यानकर्षण भएको बताउनुभयो ।।